जानु
अ.क्रि. [सं. यान > प्रा. जाण]
- कुनै चौपाया, दोपाया, पङ्खी आदि पुरानो ठाउँबाट नयाँ ठाउँमा पुग्नु वा पुग्नका लागि हिँड्नु।
- हिँडेर, उडेर वा गुडेर व्यक्ति, वस्तु वा ठाउँलाई छोडी अन्तै कतै पुग्नु वा पुग्नका लागि अघि बढ्नु।
- हावा, सास आदि खुस्कनु; उम्कनु।
- छुट्टिनु; बाहिरिनु।
- मर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)