जामा

ना. [अ. जाम]

  1. कम्मरदेखि गोलीगाँठासम्म आउने, कम्मरमा मुजैमुजा पारी बनाइएको तलतिर खुला भएको लहँगा; मुजैमुजा परेको, कम्मरदेखि गोलीगाँठासम्म पुग्ने, पुरुषजातिले लाउने एक किसिमको पुरानो पोसाक।
  2. केटीले लाउने फ्रक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)