जालन्धर
ना. [सं.]
- पार्वतीप्रति कुदृष्टि राखेकाले शिवजीद्वारा मारिएको, पुराणप्रसिद्ध एक वीर पुरुष।
- उहिले सिन्जासाम्राज्यमा थिए भनी अनुश्रुतिमा चर्चित एक प्रसिद्ध राजा।
- भारतको पन्जाब प्रदेशमा स्थित एक नगरको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)