जालसाज

ना. [अ. जअल+फा. साज]

  1. जालझेल; धुर्त्याइँ; कपट; धोका।
  2. नभएका झुट्टा कुरा गरेको वा भएको हो भनी अङ्क, मिति, बेहोरा आदि फरक पारी लेखेर सहीछाप गरी लिने वा दिने काम।
  3. धोकेबाज; कपटी; झुटो कामकारबाई गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)