जालो
ना. [सं. जालक > प्रा. जालओ]
- माकुराको जालीदार गुँड।
- छिप्पिएका घिरौँला, रामतोरियाँ (पाटे घिरौँला) आदिको भित्रपट्टि हुने जाली।
- आँखाको नानीमा पर्ने सेतो पर्दा।
- मरणासन्न बिरामीका आँखामा लाग्ने पातलो झल्ली।
- पूर्वाग्रह र मूढाग्रहले गर्दा बुद्धिमा आउने ह्रास; विवेकहीनता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)