जिल्लिनु
अ.क्रि. [जिल्ल+इ+नु]
- कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु; कुनै कामकुरा कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु; छक्क पर्नु।
- यस्तो होला भनेर थाहा नै नपाईकन छकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)