जुध्नु
अ.क्रि. [सं. युध्+नु]
- रिसइबी साध्न वा कुनै कुरा प्राप्त गर्न दुई वा दुई समूहका व्यक्तिका बिच परस्पर लडाइँ हुनु; युद्ध हुनु; परस्पर द्वन्द्व मच्चिनु।
- सजातीय वा भिन्न जातीय जीवजन्तु एक अर्कासँग लड्नु; परस्परमा सिङ, चुच्चो आदिले घोच्ने, ठुङ्ने, ठेल्ने आदि गरी भिड्नु।
- मोटर आदि परस्परमा ठक्कर खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)