जुरो
ना. [सं. जूट]
- समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल।
- साँढेका काँधमाथि भुक्क उठेको रौँदार मासपिण्ड।
- धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर।
- जुरेली, डाँफे, लामपुच्छ्रे आदि पक्षीका शिरमा उठेको ठाडो रौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)