जुवा
ना. [प्रा. जुग< सं. युग]
- गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिने दुई वा चारवटा सोइला भएको काठ।
- तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)