जेरी
ना.
- दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई; तहतह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)