जोर्नु
स.क्रि. [जोड+नु]
- मिलन गराउनु (उदा.- नयाँ बनेको सडकले मुगलिङलाई गोर्खासँग जोरेको छ)।
- एउटा वस्तुमा अर्को वस्तु गाँस्नु; एउटा वस्तुसँग अर्को वस्तु जोल्ट्याउनु। २. जड्नु; जडान गर्नु।
- जम्मा गर्नु; जुटाउनु।
- जोड्नु; मिलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)