झन्डा

ना. [सं. दण्ड]

  1. डन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न-अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा; त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो वा परिचायक चिह्न; ध्वजा; पताका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)