झन्न
क्रि.वि. [अ.मू. झन्+न]
- वीणा, गितार, बेन्जु आदि बाजाका तारमा कुनै ठोस वस्तुको ठक्कर लागेर ध्वनितरङ्ग निस्कने गरी; धातुका भाँडाबर्तन आपसमा टक्कराउँदा आवाज आउने चालले; रन्न।
- कुनै अङ्गमा एकाएक चोट लाग्दा वा बिजुलीको करेन्टले छुँदा वेदना उब्जने किसिमसँग।
- रिसाउने वा झन्कने गरी; एकाएक मानसिक उत्तेजना बढ्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)