झर्रो

वि. [प्रा. झरडो > सं. झरट]

  1. धुलो आदि झट्कारेर सफा पारिएको।
  2. नबिटुलिएको; चोखो; शुद्ध।
  3. बाबुआमाको गुण लिएको; बाबुआमासँग काटीकुटी मिल्ने।
  4. बाहिरी प्रभाव नपरेको।
  5. निम्नतम सामाजिक पूर्वाधार पूरा गरी तल्लो जातीय कोटिबाट माथिल्लो कोटिमा प्रवेश गरेको।
  6. त्यसरी माथिल्लो कोटिमा पुगेको कुनै व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)