झिझिया नाच
ना. [था.]
- थारूजातिमा प्रचलित प्रायः दसैँताक नाचिने एक लोकनृत्य। (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूह भित्र बत्ती बलेको माटाको भुँड्को टाउकोमा बोकी सडकसडकमा गाउँदै नाच्दै हिँड्छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)