टक
ना. [सं. तक]
- प्रकाशपुञ्जको चहक; सूर्य, चन्द्र, बत्ती आदिको प्रकाश; पानी, ऐना वा यस्तै टलकदार वस्तुमा परेर अन्यत्र फर्केको उज्यालो; प्रतिबिम्ब।
- एकसुरको हेराइ; आँखा झिम्म नगरीकनको हेराइ; स्थिरदृष्टि।
- लालसा; तीव्र इच्छा। (उदा.-हरिलाई पढ्ने टक बसेको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)