टप्प

क्रि.वि. [अ.मू. टप्+प]

  1. एकएक थोपा गरेझैँ गरी; टपक्क।
  2. एकै पटक मात्र केही कुरो टिप्ने किसिमले।
  3. तुरुन्त टप्काउने चालमा।
  4. टाँसिए जस्तै गरी।
  5. एक्कासि थामिने, रोकिने वा पक्रिने चालले।
  6. अकस्मात् प्रकट भएर; टुप्लुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)