टम्म

क्रि.वि. [अ.मू. टम्+म]

  1. शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क।
  2. गुँद आदिले केही वस्तु टाँसिने गरी।
  3. बाकस, ढोका आदि ठिकसँग बन्द हुने किसिमले, ढ्याम्म।
  4. भाँडो सबै भरिने गरी।
  5. अघाउन्जेल; टन्न।
  6. भरिएको; टाँसिएको; ठिक्क भएको वा अघाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)