टाँका

ना. [टाँक+आ]

  1. कपडा सिउँदा धागाले समात्ने भाग; सियाइको फड्को।
  2. धातुका टुक्राहरू जोड्ने रसायन।
  3. कलम अथवा निबको लेख्ने चुच्चो परेको भाग; टुँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)