टुप्पिनु

अ.क्रि. [टुप्पो+इ+नु]

  1. टुप्पामा पुग्नु; टुप्पोसम्म छुनु।
  2. हलक्क बढेर हदैसम्म पुग्नु; बेसरी सप्रिनु।
  3. धन, मान, इज्जत आदिको मदले मात्तिनु; चढेबढेको हुनु; पहिले बिचैमा टप्केर हुनेखाने भई घमन्डी हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)