ठहरै

क्रि.वि. [ठहर+ऐ]

  1. कुनै दुर्घटनाले वा चोटपटक आदि लागेर ठाउँको ठाउँमै तत्काल मर्ने गरी; भुतुक्कै; खुत्रुक्कै। (उदा.- आज बाटामा मोटरले ठक्कर दिएर एउटा मान्छे ठहरै भयो।)
  2. ठुलो आपत वा सङ्कटमा जेलिएर। (उदा.- यसपालि असिनाले गहुँ चुटेर ठहरै पारिहाल्यो नि।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)