ठोक्नु

स.क्रि.

  1. कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु।
  2. फलामको घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु।
  3. गजाले ढ्याङ्ग्रो, दमाहा, नगरा आदि बाजा बजाउनु।
  4. कुनै वस्तुद्वारा अर्को वस्तुलाई वा मानिसले मानिसलाई नै ठक्कर दिनु।
  5. कसैलाई कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु।
  6. कसैलाई तह लाउनु; साबित वा कायल पार्ने गरी भन्नु।
  7. कुनै कुरा वा विषयको निधो गर्नु; निर्णय गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)