डिँगो

ना. [डिङ्गर+ओ]

  1. गाईगोरुलाई झोकले वा माया गरेर भनिने शब्द; डिङो।
  2. जवान अवस्थाको गाई वा गोरु; बस्तुभाउ।
  3. मरेको जन्तुको सिनु।
  4. काम छलेर ठगीठगी खान पल्केको सुकुलगुन्डो; लन्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)