ढुनमुन

क्रि.वि. [अ.मू. ढुन+अ (द्वि.)]

  1. भाउन्न भएर लड्न खोज्ने गरी; रिँगटाले घुमाएर वा हुत्तिएर।
  2. नशा आदिले धर्‍याङधुरुङ गरी।
  3. सोचविचार आदिमा अस्थिरता आएर।
  4. घुमाउने, रिँगाउने, लरबरिने वा लकपकिने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)