ढोको

ना. [प्रा. ढङ्कण]

  1. घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार; दैलो।
  2. महल वा दरबारको द्वार।
  3. विशिष्ट व्यक्तिहरूको स्वागतका निम्ति वा कुनै उत्सव, समारोहमा सुसज्जित पारेर बनाइने तोरणद्वार।
  4. सहरमा पस्ने र निस्कने ठाउँमा बनाइएको द्वार; गोपुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)