ढ्याम्म

क्रि.वि. [अ.मू. ढ्याम्+म]

  1. झ्यालाढोकाहरू एकाएक लाग्ने भएर; ढ्याप्प।
  2. पिठ्युँमा मुड्कीले हान्दाको शब्द आउने गरी।
  3. तोप, बन्दुक आदि पड्काउँदा आवाज आउने किसिमले; ढ्याङ्ङ।
  4. पछारिने वा बजारिने चालसँग; ड्याम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)