तताउनु

प्रे.क्रि.

  1. कुनै पनि वस्तुलाई आँच वा रापको सहायताले तातो पार्नु; गरम तुल्याउनु।
  2. आगो, तातो आदिमा सेकाउनु।
  3. कुनै कुरा वा कारणमा रिस उठाउनु; जङ्ग्याउनु।
  4. कुनै क्रियाकलापका निम्ति उत्तेजित पार्नु; प्रोत्साहित गर्नु; हौस्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)