तत्त्व

ना. [सं.]

  1. कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण।
  2. जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)।
  3. वास्तविक स्थिति वा यथार्थ कुरा।
  4. महत्त्वपूर्ण अंश; सार वस्तु; सारांश।
  5. आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिलकुलै अमिश्रित वा विशुद्ध कुनै पदार्थ।
  6. परमात्मा; परब्रह्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)