तन्त्र

ना. [सं.]

  1. शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र।
  2. झारफुक गर्ने मन्त्र वा विद्या।
  3. कुनै शासनव्यवस्था वा पद्धति (जस्तै- राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र इ.)।
  4. धागो; डोरो; सूत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)