तब

क्रि. वि. [सं. तदा]

  1. त्यस बेला; त्यतिखेर।
  2. त्यस कारण। संयो. ३ 'जब' को मुख मिलाउन आउने शब्द; अनि। (जब म आएँ तब तिमीलाई टाउको दुख्छ होइन?) निपा. ४. अरूका कुरामा सही थाप्ने अव्यय शब्द; त। (उदा.- खर्च त सबैले बेहोर्नुपर्छ, हो तब।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)