तरङ्ग

ना. [सं.]

  1. हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल।
  2. नदीको मुखमा ज्वारको वेगले गर्दा उठेको पानीको खम्बा।
  3. भूकम्पको लहर।
  4. उत्साह, उमङ्ग, चञ्चलता आदिका अवस्थामा मनमा उठ्ने तर्कवितर्क।
  5. सङ्गीतमा स्वरको उतारचढाव हुँदा हुने कम्पन; स्वरलहरी।
  6. बौलट्टी चाल; छाँटा।
  7. ध्वनि, प्रकाश र अरू पनि प्रसारणयोग्य वस्तुको प्रसारमा हुने विस्तृत रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)