तिर्जा
ना. [तिरो+जा]
- पुरानो चलनअनुसार सैनिक अफिसर जवानहरूले जागिरको सट्टा बाली मात्र उठाई खान पाउने गरी पाएको जग्गाको रसिद; जागिरबापत तोकिएको बाली उठाई खान पाउने रसिद।
- जग्गाजमिनको नम्बरी प्रथा वा त्यस्तो जग्गालाई दिइने निस्सा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)