तुँडो
ना. [सं. तुण्ड]
- मुखबाट सप्रयास हावा निकाल्नु पर्दा दुवैतिरका ओठ डोलिएर टुटीजस्तो भएको ठाउँ; आगो फुक्दा हावा निस्कने प्वाल।
- खलाँतीबाट हावा निस्कने टुटी; प्वाल।
- कलमको टाँका वा टुप्पो।
- गहुँ, जौ, धान आदिको झुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)