तुरीय
वि. [सं.]
- चौथो; चतुर्थ।
- ब्रह्म वा परमात्माका साथ तदाकार हुन पुग्ने प्राणीका आत्माका चारौँ अवस्था; भेदज्ञानको समाप्ति भई आत्मा ब्रह्मचैतन्य हुने योगको अवस्था; मोक्ष।
- मुखबाट उच्चारण हुँदाको वाणीको अवस्था; वाणीका परा, पश्यन्ती, मध्यमा र वैखरी चार भेदमध्ये एक (वैखरी)।
- विशेष गरी वास्तु र मूर्तिकलामा प्रयोग हुने चार अमल बराबरको नापो; चार इन्चीको नापो।
- वर्णाश्रमव्यवस्थाअनुसार वानप्रस्थ आश्रमभन्दा पछि ग्रहण गरिने सन्न्यासाश्रम; चतुर्थाश्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)