तुसारो
ना. [सं. तुषार]
- जाडाका मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपातमा पर्ने सेतो वस्तु; जमेको शीत।
- जमेको पानी; ठाँटो; बरफ।
- जमेको झरी वा सो झरी भुईंमा जमेर थुप्रिएको अवस्था; हिउँ; हिमकण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)