त्रयोदश भूमि

ना.

  1. बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता, विमला, प्रभाकरी आदि तेह्र प्रकारका ध्यानका अवस्था।
  2. चैत्य निर्माण गर्दा गर्भभन्दा माथि र शिरोभागभन्दा तल निर्मित गरिने काल्पनिक लोकको तह वा तेह्र तला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)