थेगो
ना. [प्रा. थिअगो< सं. स्थितक]
- कुरा गर्दा बारम्बार दोहोर्याइने निरर्थक बोली, शब्द वा वाक्यांश; रहनी। (उदा.- परिबन्दले गर्दा चाइने चोर साधु, साधु चोर हुन सक्छ। प्रमाणको समेत चाइने परिबन्दले रङ्ग बदलिदिन्छ। - परिबन्द- पुष्करशमशेर।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)