दफा
ना. [अ. दफअ]
- कुनै लेख-रचना, पत्र आदिका एक- एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ।
- ऐनविधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठुलो बुँदा; ऐनविधान आदिको एक अंश; धारा।
- पटक; खेप; चोटि; बाजि; पल्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)