दम

ना. [फा.]

  1. कमजोरी, रोग, श्रम आदिले छिटो छिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग।
  2. प्राणवायु; श्वासप्रश्वास।
  3. घडी, खेलौना, फोनोग्राफ आदि यन्त्रलाई सञ्चालन गर्न कमानी कस्ने वा गति दिने काम।
  4. ताकत; बर्गत; बुता; शक्ति; गति; क्षमता।
  5. घोडा, हात्ती आदि वाहनयोग्य वस्तुको हिँड्ने चाल; हिँडाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)