दया

ना. [सं.]

  1. अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर संवेदशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति।
  2. आफन्त वा आफूभन्दा निर्धा व्यक्तिप्रति गरिने उक्त प्रकारको कमलो व्यवहार; मेहरबानी।
  3. दक्षप्रजापतिकी कन्या र धर्मकी पत्नीको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)