दलाक्षर

ना.

  1. हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर। (यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने अक्षरहरू हुन् : - (१) मूलाधार- व, श, ष, स, (२) स्वाधिष्ठान- ब, भ, म, य, र, ल, (३) मणिपूर- ड, ढ, ण, त, थ, द, ध, न, प, फ, (४) अनाहत- क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, (५) विशुद्ध- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः, (६) आज्ञा- ह, क्ष, (७) सहस्रदल-सबै अक्षरहरू।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)