दसैँ
ना. [सं. दशमी]
- आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।
- आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।
- नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड; विजयादशमी।
- चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।
- असोज-कात्तिकमा पर्ने बडादसैँ वा महादसैँ।
- चैत महिनामा पर्ने चैतेदसैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)