दह्रो

वि. [सं. दृढ]

  1. कुनै धक्का वा चोटपटकबाट नढल्ने, नलकपकाउने; बलियो; मजबुत; दर्बिलो।
  2. आँट भएको; आँटिलो।
  3. आफ्नो लक्ष्य वा सिद्धान्तमा विचलित नहुने; नडग्ने। स्त्री. दह्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)