दाउनु
स.क्रि. [सं. दायन+नु]
- गाईको बहर वा गोरु भैँसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा हिँड्न वा कुद्न सिकाउनु।
- बहर वा गोरुलाई हलो तान्न सधाउनु; हलो जोताउनु; नार्नु।
- बहर, बोका आदिलाई खसी पार्नु; सुमर्नु; ठोक्नु।
- सिकाउनु सधाउनु; अभ्यास गराउनु; बानी पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)