दाउ

ना. [सं. दाय]

  1. कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर; मौका।
  2. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ।
  3. पासाका खेलमा हुने पोट बाह्र, कच्चे बाह्र, चरीपन्जा सत्र आदि दाउ।
  4. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति; पेच; छिर्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)