दिक्शूल
ना. [सं.]
- फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिवार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार उत्तर दिशातिर यात्रा आरम्भ गर्न निषेध गरिएको शूलयोग; दिशामा पर्ने शूलयोग; नक्षत्र शूलयोग। (यसमा पूर्व ज्येष्ठा, दक्षिण धनिष्ठादि पाँच नक्षत्र, पश्चिम रोहिणी र उत्तर उत्तराफाल्गुनी नक्षत्र भएको बेलामा यात्रा गर्न निषेध गरिएको छ )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)