दिव्य

वि. [सं.]

  1. स्वर्गसँग सम्बन्धित; स्वर्गीय; अलौकिक; दिब्बे; अतिप्राकृतिक।
  2. आकाशसित सम्बन्ध राख्ने; आकाशीय।
  3. दैवी; ईश्वरीय।
  4. चहकिलो; प्रकाशमान्।
  5. अति राम्रो सुन्दर मनोहर।
  6. असल गुणयुक्त; उत्तम।
  7. प्राचीन कालमा मान्छेका गुणदुर्गुण र दोषनिर्दोष चरित्रको निर्क्यौल गर्नुपर्दा आगो, विष वा जल आदिद्वारा गरिने एक परीक्षा।
  8. वाचा; किरिया; शपथ।
  9. साहित्यमा, तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक (इन्द्र, राम, कृष्ण आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)