दीपस्तम्भ

ना. [सं.]

  1. बत्ती बाल्ने भाँडो; पानस।
  2. तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप।
  3. जहाजको मार्ग-निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)