देख्नु
स.क्रि. [सं. दृक्षण]
- दृष्टिशक्ति वा आँखाद्वारा कुनै वस्तुको रूपरङ्ग, आकारप्रकार तथा दृश्य आदिको ज्ञान पाउनु; अवलोकन गर्नु; हेर्नु।
- कायल हुनु; चेत्नु।
- अनुमान गर्नु; अड्कल काट्नु; विचार गर्नु; ठान्नु; मान्नु। (उदा.- उसले पछि हुने कुरा पहिले नै देखेको हुन्छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)