देवकी
ना.
- कृष्णकी आमा; वसुदेवकी पत्नी।
- सन्तान नहुँदा वा भईकन पनि नबाँच्दा सन्तान होऊन् वा जन्मिएका सन्तान बाँचिरहून् भनेर देवदेवीहरूलाई चढाइएकी कन्या; देवदासी; देउकी।
- वैवाहिक सम्बन्ध नभईकनै अनैतिक संसर्गबाट जन्मिएकी छोरी वा चेली; देउचेली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)